बुधबार, जेठ २, २०८१

डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु

नेपालखोज २०७८ चैत २ गते १३:१९

काठमाडौैं । डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्तकको शव अस्पतालमा राखिएको बताइएको छ । त्यस्तै घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । नियन्त्रणमा रहेकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया