मंगलबार, असार १७, २०८२

रामेछाप नगर प्रमुखमा एमालेबाट रोशन निर्विरोध उम्मेदवार, चुनावी प्रचार व्यापक

नेपालखोज २०७८ चैत २ गते १५:२८

काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाख ३० मा तय भएसँगै रामेछापमा चुनावी माहोल तातेको छ । एमालेबाट रामेछाप नगरपालिका प्रमुखमा रोशन पाख्रिनको उम्मेदवारी पक्का छ । पार्टीका नगर अध्यक्षसमेत रहेका पाख्रिन आफ्ना महत्वकांक्षी योजना अगाडि सारेर चुनावी प्रचार–प्रसारमा लागि परेका छन् ।

पार्टीले टिकट दिए र नगरबासीले भोट दिएर जिताए पुराना सदरमुकामलाई सहर बनाउने तत्कालीन नेकपा एमालेको सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने पाख्रिनको भनाइ छ । उनी नगरपालिका भित्रका मानिमार्केटहरू व्यवस्थापन गरि रामेछाप नगरपालिकालाई नमुनापालिका बनाउने महत्वकांक्षाका साथ चुनावी प्रचारमा छन् ।

युवा माझ लोकप्रिय र स्वच्छ छवि भएका पाख्रिन चुनावी प्रतिस्पर्धामा गए विपक्षपार्टीहरुमा ठूलो धक्का लाग्ने छ । यस अघिको निर्वाचनमा कांग्रेसका उम्मेदवार नरबहादुर थापा मगरसँग नगर प्रमुखमा झिनो मतले पराजित भएपनि उनले समाजसेवा मार्फत् नगरबासीलाई आफ्नो प्रभावमा पारेका छन् ।

रामेछाप नगरपालिकामा माओवादी लगायत अन्य पार्टीको उपस्थिती कमजोर भएका कारण एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसबाट वर्तमान नगरप्रमुख मगर नै पुन: दोहोरिने सम्भावना छ । पछिल्लो समय नगरवासीमा पाख्रिनले राम्रो छाप राखेपनि नगरप्रमुखमा मगर नै दोहोरिएको अवस्थामा फेरि कडा चुनावी प्रतिस्पर्धा हुनेमा दुई मत छैन । मगर प्रतिस्पर्धाबाट पछि हटेमा पाख्रिनको जित निश्चित जस्तै देखिन्छ ।

प्रतिक्रिया