शनिबार, असार १४, २०८२

नेपालमा सक्रिय संक्रमितको संख्या साढे ४ हजारमा झर्‍यो

नेपालखोज २०७८ चैत २ गते १६:४३

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या साढे ४ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप २१३ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ५७४ मा झरेको हो ।

हाल नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६१ हजार ५६१ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ३ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ र १ हजार ३८५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४१ जना गरि कुल ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख ५ हजार ४२२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया