सोमबार, वैशाख १७, २०८१

यी राशिको प्रेम जीवन कस्तो रहला ?

नेपालखोज २०७८ चैत ३ गते ७:५३

भनिन्छ सबैलाई सबै करा प्राप्त हुँदैन । जीवनमा केही न केही कुराको कमी रही नै हाल्छ । यहाँ हामी ती चार राशिका बारेमा कुरा गर्दै छौं जुन राशि हुनेहरु धनका मामिलामा त भाग्यशाली हुन्छन् तर उनीहरुको प्रेमजीवन भने त्यति राम्रो हुँदैन । अर्थात् यी राशिका स्वामिहरु तमाम सुख-सुविधाका बाबजुद आफ्नो प्रेम सम्बन्धलाई लिएर सधैं चिन्तित रहन्छन् ।

मेष राशि : यो राशिका मानिसहरु भाग्यशाली मानिन्छन् । यिनीहरुमा नेतृत्वको राम्रो क्षमता हुन्छ । यिनीहरु मिहिनती तथा इमानदार पनि हुन्छन् । यिनीहरुले जीवनमा जे चाहन्छन् त्यो हासिल गर्न सक्छन् । यद्यपि यिनीहरुको प्रेम जीवन सधैं तनावग्रस्त रहन्छ । किनभने यिनीहरुको स्वभाव डोमिनेटिङ प्रवृत्तिको हुन्छ जसले यिनीहरुको प्रेम सम्बन्धमा खलल उत्पन्न गर्छ ।

सिंह राशि : यो राशिका मानिस निकै मिहिनती तथा इमानदार हुन्छन् । यिनीहरुले निकै छिटो सफलता हासिल गर्छन् । यिनीहरुले जीवनमा धनसम्बन्धी समस्या कमै भोग्नुपर्छ । यिनीहरु अरुको कुरा कमै सुन्छन् भने अरुमा हाबी हुने प्रयास पनि गर्छन् । यही कारणले यिनीहरुको प्रेम सम्बन्ध खराब हुने सम्भावना हुन्छ ।

कुम्भ राशि : यो राशिका मानिसका लागि प्रेमले निकै महत्त्व राख्छ । यिनीहरु निकै मिहिनेती हुन्छन् र त्यसकै बलमा धन-आर्जन गर्न सफल पनि हुन्छन् । यिनीहरु आफ्नो काममा यति व्यस्त र मग्न रहन्छन् कि आफ्नो प्रेम जीवनलाई समय नै निकाल्न सक्दैनन् । यही कारणले यिनीहरुको प्रेमजीवनमा प्राय: तनावको स्थिति रहन्छ ।

कन्या राशि : यो राशिका स्वामीहरु निकै भावुक हुन्छन् । यिनीहरुका लागि प्रेम अरु कुराभन्दा ठूलो हुन्छ । यिनीहरु आफ्नो साथीलाई खुसी राख्ने हर सम्भव कोसिस गर्छन् र उनीहरुका साना-ठूला हरेक आवश्यकता पूरा गर्ने प्रयासमा रहन्छन् । यद्यपि यिनीहरु आफ्नो गल्ती स्वीकार गर्दैनन् । यही कुराले यिनीहरुक‍ो प्रेम सम्बन्धमा उतारचढाव ल्याउँछ ।

प्रतिक्रिया