राष्ट्र बैंकको कारबाहीमा १४ वाणिज्य बैंक (नामसहित)

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणलाई आधार मानेर नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ ।
राष्ट्र बैंक अन्तर्गतको बैंक सुपरीक्षेक्षण् विभागले सञ्चालनमा रहेका २७ मध्ये १४ वटा बैंकहरुलाई गरेको कारवाहीमा नगद जरिवानादेखि दिएर सम्वन्धीत बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पुन: त्यस्तो गल्ती नदोहोर्याउन चेतावनीसमेत दिएकाे छ ।
विभागका अनुसार प्रभु बैंकलाई गरिएको कारवाहीमा अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात कायम नगरेको आधारमा एक लाख ८० हजार चार सय ३० रुपैयाँ १४ पैसा जरिवाना तिराईएकोे छ ।
यसैगरी नेपाल बैंकलाई गरिएको कारवाहीमा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं १५ तथा बैंक तथा वित्तीय संस्था नियमन विभागले मिति २०७८ जेठ ११ मा जारी गरेको परिपत्रमा भएको व्यवस्था बमोजिम बोलकवोलको आधारमा संलग्न हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाईने भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी भविष्यमा यस्तो त्रुटी नदोहोरिने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ ।
यसैगरी एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्ने निर्देशन पालना नगरेकाले नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ ।
कारवाहीमा परेका बैंकहरु
१ प्रभु बैंक
२ नेपाल बैंक
३ राष्ट्रिय बाँणिज्य बैंक
४ नबिल बैंक
५ हिमालयन बैंक
६ नेपाल एसबिआई बैैंक
७ नेपाल बंगलादेश बैंक
८ एनसीसी बैंक
९ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
१० सनराईज बैंक
११ मेगा बैंक
१२ सेञ्चुरी कर्मसियल बैंक
१३ स्टान्र्डड चार्टड बैंक
१४ एनएमबी बैंक
(श्रोत नेपाल राष्ट्र बैैंक)
प्रतिक्रिया