सोमबार, जेठ ७, २०८१

रेनो क्विडको नयाँ भर्सन, मूल्य कति ?

नेपालखोज २०७८ चैत ४ गते ११:५७

काठमाडौं । रेनोल्टले आफ्नो सबैभन्दा सस्तो कार क्विडको नयाँ भर्सन लन्च गरेको छ । २०२२ क्विडको बेस भेरिएन्टको अन्तर्राष्ट्रिय मूल्यमा ४० हजार रुपैयाँ जति बढेको बताइएको छ । यसमा नयाँ लुकका साथ केही नयाँ फिचर्स पनि थपिएको छ । नयाँ क्विड २०२२ को ०.८ लिटर इन्जिनले २२.२५ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिने बताइन्छ । रेनो क्विडको सोझो प्रतिस्पर्धा मारुती अल्टोसँग हुनेछ ।

मूल्य
रेनो क्विड २०२२ को बेस भेरिएन्ट RXL ०.८ को अन्तर्राष्ट्रिय बजार मूल्य ७.६५ लाख रुपैयाँभन्दा माथि छ । अन्तर्राष्ट्रिय बजारमा यसको टप भेरिएन्ट CLIMBER EASY-R का लागि ९.५० हजारभन्दा बढी रुपैयाँ तिर्नुपर्नेछ ।

No description available.

इन्जिन
क्विड २०२२ दुई इन्जिन अप्सन – ०.८ लिटर पेट्रोल तथा १.० लिटर पेट्रोलमा उपलब्ध छ । यसको ०.८ पेट्रोल इन्जिनले ५४ पीएस पावर तथा ७२ एनएम टर्क जेनरेट गर्छ भने १.० पेट्रोल इन्जिनले ६८ पीएस पावर तथा ९१ एनएम टर्क जेनरेट गर्छ । यसमा म्यानुअल तथा अटोमेटिक गियरबक्सको विकल्पसमेत उपलब्ध छ ।

No description available.

इन्टिरियर
क्विडको इन्टिरियर फिचरको सूची लामै छ । यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ जसले एप्पल कार प्ले तथा एड्रोइड अटोलाई सपोर्ट गर्छ । यो गाडीमा भिडियो प्लेब्ल्याक र भ्वाइस रिकग्निसनका साथ फुल डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, इलेक्ट्रिकली एडजस्टेबल ORVM तथा स्पोर्टी सिटको सुविधासमेत छ ।

सेफ्टी फिचर
रेनो क्विडमा ड्युल फ्रन्ट एयरब्याग, एबीएस तथा ईबीडी, सिट बेल्ट रिमाइन्डर, ओभरस्पिड अलर्ट, रिभर्स पार्किङ सेन्सर एवं लोड लिमिटरका साथ डे-नाइट IRVM , रिमोट की-लेस एन्ट्रीजस्ता फिचर्स पनि उपलब्ध हुन्छन् ।

No description available.

प्रतिक्रिया