सोमबार, वैशाख १७, २०८१

इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै

नेपालखोज २०७८ चैत ४ गते ११:०३

काठमाडौं । नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाउँदै छन् । सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत) बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपालीले बताए ।

मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन् । सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तर रुपमा एकपछि अर्को पर्व आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो । अबका १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व सुरु हुनेछ । त्यसपछि इद, बकरइद आउँने गर्दछ । गत वर्ष गरेको कामको लेखाजोखा र आउने वर्षका लागि योजना तय गर्ने गरिन्छ । यस पर्वमा अल्लाहको इबादत नमाज (प्राथना) मुस्लिम ग्रन्थ कुरान वाचन, कब्रिस्तान (चिहान) मा प्रार्थना र गरिब दुःखीलाई दान दिने चलन रहि आएको मुस्लिम आगुवा असलमले जानकारी दिएका छन् ।

प्रतिक्रिया