बिहीबार, वैशाख २०, २०८१

झापामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

नेपालखोज २०७८ चैत ४ गते १२:०३

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो । गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी खेमजुङलाई बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएको र गए राति नै मृत्यु भएको हो । श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया