बुधबार, जेठ १, २०८२

पर्सामा दुई करोड ८५ लाख रूपैयाँको सामान बरामद

नेपालखोज २०७८ चैत ४ गते १३:११

काठमाडौं । पर्साबाट सशस्त्र प्रहरीको टोलीले विना भन्सार नेपाल भित्र्याइएको दुई करोड ८५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्य पदार्थ र किराना पसलका सामान रहेका छन् ।

विभिन्न समयमा बरामद गरिएका ती सामग्री वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ । गत माघमा ६२ लाख रुपैयाँ , फागुनमा एक करोड १४ लाख रुपैयाँ र चैतको हालसम्ममा एक करोड आठ लाख रुपैयाँको सामान बरामद गरिएको छ । बरामद गरिएका अधिकांश सामान अवैध रुपमा भन्सार छली नेपाल ल्याइएको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणले जनाएको छ । सशस्त्र प्रहरीले पछिल्लो पटक चोरी, निकासी तथा तस्करी नियन्त्रणको अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया