मंगलबार, जेठ १५, २०८१

द्वन्द्वले इथियोपियाको अवस्था नाजुक बन्दै

नेपालखोज २०७८ चैत ४ गते १५:०३

काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । लामो समय देखि द्वन्द्व जारी रहेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायता सम्बन्धी निकाय, ओचाले बिहीबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो । सो क्षेत्रमा अहिले पनि ८ लाख भन्दा बढी नागरिकले सहयताको खाँचो रहेको बताएका छन् । उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै खाँचो रहेको छ ।
दिनमा बढीमा ७ हजार जनालाई मात्र सहयोग दिन सकिएको निकायले जनाएको छ ।

टिगरेमा द्वन्द्व ग्रस्त समूहहरुले संयुक्त राष्ट्र संघीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेको बताइएको छ । टिगरेबाट मात्र २ लाख भन्दा बढी नागरिक विद्रोहीहरुको हमलाका कारण विस्थापित हुन पुगेका छन् भने ८ लाख भन्दा बढीलाई सहयोग आवश्यक छ । संयुक्त राष्ट्र संघ तथा अन्य सहायता एजेन्सीहरुले त्यहाँ पुगेर सहायता उपलब्ध गराउन पनि पाएका छैनन् ।

प्रतिक्रिया