बुधबार, जेठ १, २०८२

बैंकिङ कसूर मुद्दामा फरार राजेन्द्र विश्वकर्मा पक्राउ

नेपालखोज २०७८ चैत ४ गते १७:०३

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–१ भत्केको पुल बस्ने ४२ वर्षीय राजेन्द्र विश्वकर्मा रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ फागुन १० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको छ । फरार प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं टोखाबाट पक्राउ गरेको हो ।

राजेन्द्रले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी मेगा बैंक लिमिटेड गोंगबुबाट रकम भुक्तान हुन नसकेको घटनामा उनलाई अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया