शनिबार, असार २१, २०८२

खेलकुदको क्षेत्रमा अझै उल्लेख्य प्रगति गर्न बाँकी

नेपालखोज २०७८ चैत ४ गते १९:४६

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुदको क्षेत्रमा अझै उल्लेख्य प्रगति गर्न बाँकी रहेको बतााएका छन् । आज काठमाडौंमा आयोजित महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा आधारित फिल्मको घोषणा कार्यक्रममा बोल्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् ।

उनले खेलकुदको क्षेत्रमा नेपालले साना हिमालहरु मात्र चढेको ओलम्पिक खेलेर सगरमाथा चढ्न आवश्यक रहेको बताए । मन्त्री गहतराजले यस फिल्मले नेपालका खेलाडीहरुलाई प्रेरणा दिने भन्दै उनले यस फिल्मले नेपाली चलचित्र क्षेत्रमा पनि नयाँ सुरुवात भएको बताए ।

अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहनेछ । अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइनेछ ।

प्रतिक्रिया