सोमबार, वैशाख १७, २०८१

साढेसातीको प्रभाव कम गर्न यसरी गर्नुस् शनि पूजा !

नेपालखोज २०७८ चैत ५ गते ५:००

शनिबार भगवान् शनिको पूजा आराधना गरी उनलाई खुसी बनाउन सकिन्छ । शनिलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास रहेको हामी पाउँछौं । शनिबार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिको पूजा गर्ने तथा पिपलमा जलसमेत अर्पण गर्ने गर्छन् । ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ ।

त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास रहेको छ । शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने बताइन्छ । ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ ।

शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ । यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् ।

साढेसातीको प्रभाव कम गर्न केही उपाय

भरसक सूर्य उदाउनुभन्दा अघि हरेक शनिबार शनिको पूजा गर्ने । पिपलको बोटमा जल अपर्णसहित विशेष पूजा गर्ने । खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ । शनिबार कालो तिल दान गर्नुहोस् ।

शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् । छालाका जुत्ता र चप्पल दान गर्दा प्रयोग नगर्ने । शनिबार हनुमान चालीसाको पाठ गर्नोस् ।

प्रतिक्रिया