युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलमा रुसी आक्रमण, ८० प्रतिशत भवन क्षतिग्रस्त

किएभ । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच संघर्ष जारी छ । रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेका छन् मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले सहरको केन्द्रमा संघर्ष भइरहेको पुष्टि गरेका छन् ।
रुसले आक्रमण गर्दा सहरको केन्द्र बाँकी नरेहेको र युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकहरूलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन्।
युक्रेनका राष्ट्रपतिले मस्कोलाई अविलम्बू अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एउटा सभामा बोल्दै आफ्नो सेनाको प्रशंसा गरेका छन्।युक्रेनमा आक्रमण गरेपछि रुसका लागि आफ्ना गल्तीबाट हुने क्षति सीमित पार्ने यो मात्र एउटा अवसर भएको जेलेन्स्कीको भनाइ छ ।
राति गरेको भिडिओ सम्बोधनमा उनले भने, ‘रुसका का लागि उसले गरेका गल्तीहरूबाट हुने क्षति घटाउने केल यो मात्र एउटा अवसर हो ।’ मारिओपोलबाट पश्चिमी युक्रेनको लिभभमा पुग्न सफल भएका मानिसहरूले रुसले निरन्तर आक्रमण गरिरहेकाले त्यहाँ व्याप्त आतंकबारे बताएका छन्।
तीमध्ये एक २८ वर्षीया युलिया याशेन्कोले भनिन्, ‘हाम्रो सहर मेटिँदैछ । गोलाबारीले हाम्रा घरहरू जलाएको छ । ’उनले सहरमा जताततै धुवाँको मुस्लो र शव देखिएको बताएकी छन् । रुसले बम आक्रमण गर्न थालेपछि उक्त सहरका ८० प्रतिशतभन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ । दुई सातादेखि झन्डै चार लाख मारिओपोलमा फसेका छन्। यद्यपि युक्रेनी अधिकारीहरूले शुक्रवार झन्डै पाँच हजार जना त्यहाँबाट बाहिर निस्किएको बताएका छन् ।
विभिन्न भवनको अंश र किनमेल गर्ने केन्द्रहरू पूरै ध्वस्त भएको भिडिओहरू सार्वजनिक भएका छन् । रुसी आक्रमणका कारण उक्त सहरमा विद्युत् र पानीको आपूर्ति अवरुद्ध भएको छ । अधिकारीहरूका अनुसार आजोभ सागरसँग मारिओपोलको पहुँच पनि अवरुद्ध भएको छ ।
मारिओपोल युक्रेनको प्रमुख व्यापारिक बन्दरगाह सहर हो। त्यहाँको जनसङ्ख्या साढे चार लाख थियो । बुधवार रुसी बम आक्रमणमा परेको सयौँ मानिसहरूले आश्रय लिइरहेको नाटकघरको भग्नावशेषमा खोजी कार्य जारी छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त नाटकघरको भूमिगत तलामा १३ जना जना जतिले आश्रय लिएका थिए ।
प्रतिक्रिया