महानगरबासीले दिएको जिम्मेवारी आफूले पूरा गरेको : मेयर शाक्य

काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेकाे बताएका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताए । शनिबार (आज) काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरै जसो जिम्मेवारी आफूले पूरा गरेको बताए ।
त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई रहेको थियो । मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकीर पनि गरे । सबै वडाहरुलाई प्रशस्त बजेट दिने , काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न भईसक्यो भनेर भने आफूले नभन्ने बताए ।
उनले विकास निर्माणको काम निरन्तरताको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताए । उनले मुद्धा मामिलाका कारण पनि महानगरपालिका अन्र्तगतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिए । कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको कामलाई अघि बढाइएको बताए ।
प्रतिक्रिया