मंगलबार, जेठ १, २०८१

भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

नेपालखोज २०७८ चैत ६ गते १६:५३

काठमाडौं । भक्तपुर ब्याडमिन्टन संघले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । संघले आज आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । संघका अध्यक्ष राजेन्द्र प्रजापतिका अनुसार यही चैत ९ देखि १२ गतेसम्म भक्तपुरको लीलालीमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा ७७ जिल्ला र सात वटै प्रदेशका २०० भन्दा बढी खेलाडीको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा यू–१५ पुरुष , महिला, पुरुष र महिला एकल, पुरुष डबल्स लगायत ६ विधामा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता संयोजक नवीन प्रजापतिका अनुसार यू–१५ पुरुष र महिलातर्फ प्रथमलाई १५ हजार रुपैयाँ , द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई सात हजार ५०० रुपैयाँ, पुरुष र महिला एकलतर्फ प्रथमलाई ३५ हजार रुपैयाँ, द्वितीयलाई २० हजार रुपैयाँ र तृतीयलाई १२ हजार ५०० रुपैयाँ तथा पुरुष डबल्स तर्फ प्रथमलाई ३० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ र तृतीयलाई सात हजार ५०० रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया