शनिबार, जेठ १९, २०८१

नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या घट्दै

नेपालखोज २०७८ चैत ६ गते १७:०६

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमितको संख्या झन्डै तीन हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप ३८२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै सक्रिय संक्रमितको संख्या ३ हजार २४१ मा झरेको हो ।

हाल नेपालमा कोरोना संक्रमण मुक्त भइ निको हुनेको कुल संख्या ९ लाख ६२ हजार ५८२ पुगेको छ । संक्रमण निको हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जना गरी कुल ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर २२ हजार ६८७ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् ।

प्रतिक्रिया