आइतबार, जेठ ६, २०८१

क्रिप्टोकरेन्सी विवादमा अभिनेत्री प्रियंका, जिम्मा–जमानीमा रिहा

नेपालखोज २०७८ चैत ६ गते १९:३९

काठमाडौं । नेपालमा अबैध मानिएको क्रिप्टोकरेन्सीको विवादमा परेकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिम्मा–जमानीमा रिहा गरेको छ ।

क्रिप्टोकरेन्सीको विवादमा परेकी उनलाई सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआइबी’ ले कार्यालयमा बोलाएको थियो । क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्बिर उल्लेख भएको विषयमा उनलाई सोधपुछ गरिएको र सोधपुछपछि जिम्मा–जमानीमा छाडिएको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’ धीरजप्रताप सिंहले जानकारी दिए ।

‘उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो । त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका थियौं,’ सिंहले भने, अनुसन्धान जारी रहेकाले फेरि हाजिर हुनेगरी अहिलेलाई जिम्मा जमानीमा छाडिएको हो ।’

फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो । नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जुवा तथा तास गैरकानुनी छ । यस्ता क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया