शुक्रबार, जेठ ४, २०८१

एलईडी लाइट अनहेल्दी !

नेपालखोज २०७८ चैत ७ गते १९:४७

काठमाडौं । एलईडी लाइट अन्‍य लाइटको तुलनामा बढी चल्नुका साथै विद्युत् खपतमा समेत किफायति हुन्छ । यद्यपि एलईडी लाइटले शरीरबाट भिटामिन बी-१२ को मात्रा भने घटाइदिन्छ । एलईडीको प्रकाशले खाद्य पदार्थको भिटामिन बी-१२ समेत नष्ट गर्छ । फ्रिजमा राखिएको खाद्य पदार्थको गुणस्तरमा समेत यसको नकारात्मक असर पर्छ ।

ब्रेन र त्यसको तन्त्रिका-त्रन्तलाई नियमित राख्न भिटामिन बी-१२ को भूमिका महत्त्वपूर्ण हुन्छ । यसको कमीले शारीरिक थकान बढाउनुका साथै स्मरण शक्ति कमजोर बनाउँछ भने डिप्रेसनसमेत बढ्छ ।

एलईडी (LED LIGHT) बाट सात किसिमका रङको प्रकाश निस्कन्छ । जसमध्ये रातो र हरियो रङको वेब लेन्थ बढी हुन्छ । यसबाट फोटोनको इनर्जी कम निस्कन्छ । नीलो प्रकाश भएको एलईडीको वेब लेन्थ सबैभन्दा कम हुन्छ । यसले फोटोनको इनर्जी बढी निकाल्छ । यसैले हाम्रो आँखाको रेटिनामा भएका कोशिकाहरुलाई सबैभन्दा बढी क्षति पुर्याउँछ ।

भिटामिन बी-१२ का लागि
शरीरमा बी-१२ बढाउन दूध तथा पनिरको सेवन लाभदायक हुन्छ । यद्यपि दूध तथा पनिरको बढी सेवनले कोलेस्ट्रोल बढाउने खतरा पनि हुन्छ ।

प्रतिक्रिया