बुधबार, असार १८, २०८२

महालक्ष्मीद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टबिन सहयोग

नेपालखोज २०७८ चैत ७ गते १३:२९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ को नारालाई आत्मसात् गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरू संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साँफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।

सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबिच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्ट विन हस्तान्तरण गरिएको बैंकको साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिएका छन् । क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्ेश्यले क्याम्पसलाई डस्टबिन र पानी ट्यांकी सहयोग गरिएको हो । सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष रवीन्द्रबहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरू मार्फत करिब ६ लाख ग्राहकहरूलाई उच्चस्तरिय वित्तीय सेवाहरू सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया