शुक्रबार, जेठ ११, २०८१

भुसालले ओलीलाई भने- प्रचण्ड र माधवसँग पार्टी एकता गराैं

नेपालखोज २०७८ चैत ७ गते १६:५१

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालमा कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर जानुपर्ने प्रस्ताव पार्टीको पोलिटब्यूरो बैठकमा राखेका छन् । आज बबरमहलमा सुरु भएको बैठकमा नेता भुसालले एमाले वाम एकताको मूल प्रवाह भएको बताए ।

कम्युनिस्ट पार्टीहरुबीच विभाजन हुनुमा कुनै वैचारिक तथा सैद्धान्तिक कारण नभएकोले एकता गरेर नै जानुपर्ने प्रस्ताव उनले राखेका हुन् । उनले भने, ‘नेकपा एमाले वाम एकताको मुल प्रवाह भएकाले र नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नभएकाले आगामी निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न कम्युनिस्ट पार्टीको एकता गठबन्धन अहिलेको आवश्यक्ता छ ।’

बैठकमा भुसालले विगतमा माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नरहेको र आगामी निर्वाचनमा पनि वामपन्थीहरुको जित सुनिश्चित गर्न कम्युनिस्ट पार्टीहरुबीच एकता गठबन्धन बनाउनुपर्ने बताए । भुसालले बैठकमा राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘कम्युनिस्ट पार्टीका अत्याधिक बहुसंख्यक सदस्य र कार्यकर्ताले कम्युनिस्ट पार्टीको एकता चाहेका छन् । त्यसैले कम्युनिस्ट एकता गठबन्धन गर्न आवस्यक छ ।’

प्रतिक्रिया