शुक्रबार, जेठ ४, २०८१

झापाको बीएन्डसी मेडिकल कलेजले निःशुल्क स्वास्थ्य बिमा गरिदिने

नेपालखोज २०७८ चैत ७ गते २०:१७

काठमाडाैं । झापाको बीएन्डसी मेडिकल कलेजले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरिव एवं विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । सोमबार कलेजले एक कार्यक्रमका बीच अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय नेता दुर्गा प्रसाईले प्रति परिवार ३५०० बिमा शुल्क तिरिदिने घोषणा गरे ।

आर्थिक अभावका कारण उपचारबाट कोहि बन्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य वीमामा समाहित गराउने अभियान सुरु गरेको कार्यकारी निर्देशक प्रसाईंले बताए । उनले भने, ‘म दानवीर हैन । तर, म नेपाल आमाको छोरा भएकोले दुख थोरै बाडौं भनेर म यहाँ आएको हुँ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो । अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ ।’

यस्तै, कार्यक्रममा बोल्दै प्रदेश एकका सांसद वसन्त बानियाँले झापाको पछाडी परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले स्वास्थ्य नागरिक बनाउने विश्वास ब्यक्त गरे । सरकारले स्वास्थ्य बीमा बोर्ड यही आर्थिक वर्षबाट ७७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिसकेको छ । विसं २०७२ बाट सुरू भएको स्वास्थ्य बीमा कार्यक्रमले दुर्गम क्षेत्रका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य सेवा र उपचारमा सहुलियत दिँदै आएको छ ।

प्रतिक्रिया