बिहीबार, जेठ २, २०८२

बमको निशानामा ऐतिहासिक धरोहर

नेपालखोज २०७८ चैत ८ गते ९:४१

किएभ । युक्रेनमाथि रुसि हमलाका बीच त्यहाँ भएका ऐतिहासिक धरोहरलाई लिएर युनेस्कोले चिन्ता व्यक्त गरेको छ । युक्रेनमा सातवटा विश्व धरोहरस्थल छन् र युनेस्कोले तिनको संरक्षणको माग गरेको छ ।

किएभको चर्च
यो पुर्वी अर्थोडक्स चर्च ११औं शताब्दीमा इस्तानबुलको हागिया सोफियाको प्रतिस्पर्धामा निर्माण भएको थियो । पछि किएभ मोनेस्ट्री अफ द केव्स परिसरसँग मिलेर यो इलाका अर्थोडक्स चर्चको केन्द्रका रुपमा विकसित भयो ।

शर्निवत्सी
यो कुनै समय पूर्वी अर्थोडक्स मेट्रोपोलिटन विशपको निवास थियो । बाइजेन्टाइन, गाथिक तथा बरोक पद्धतिको मिश्रणबाट तयार पारिएको यो भवनले एस्ट्रो-हन्गेरियन साम्राज्यको धार्मिक तथा सांस्कृतिक विविधतालाइ दर्शाउँछ । यो विशाल परिसरमा एउटा मोनेस्ट्री पनि छ ।

ऐतिहासिक सहर लिव
लिवको स्थापना मध्य युगपछि भएको हो र यो लामो समयसम्म महत्त्वपूर्ण प्रशासनिक, धार्मिक तथा वाणिज्य केन्द्रका रुपमा रह्यो । आधुनिक लिवमा अहिले पनि त्यो युगको अवशेष देख्न पाइन्छ ।

स्तारो-नेक्रासोव्का
‘स्त्रुव आर्क’ सर्वे त्रिकोणोको एक श्रृङखला हो जुन १०वटा देशमा २,८२० किलोमीटर सम्म फैलीएको छ । यसको दक्षिणी किनार ब्ल्याक शीको तटमा युक्रेनको स्तारो-नेक्रासोव्का सहर छ भने उत्तरी सिमानामा नर्वेको हेमरफेस्ट छ । १८१६-५५ मा निर्मित यी शृंखला पृथ्वीको सटीक आकार र आकृतिबारे जानकारी हासिल गर्ने उद्देश्यले निर्माण गरिएको थियो ।

प्राचीन सहर सेवास्तोपोल
तोरिच – शरसोनीज ईसापुर्व पाँचौं शताब्दीको एक सहर थियो जसको खण्डहर दक्षिण पश्चिमी क्राइमियास्थित सेवास्तोपोल नजिक छ । यहाँ पाषाणयुगदेखि कास्य युगसम्मको खण्डहर हेर्न पाइन्छ ।

काठको चर्च
कार्पेथियन इलाकाको यो विश्व धरोहर स्थल १६ वटा चर्चक‍ो एक शृंखला हो जुन पोल्यान्डदेखि लिएर युक्रेनसम्म फैलिएको छ । काठको यो चर्च अर्थोडक्स र युनानी क्याथोलिक समुदायद्वारा १६औं तथा १९औं शताब्दीमा निर्माण गरिएको थियो ।

प्रतिक्रिया