शनिबार, जेठ ५, २०८१

सस्पेन्स तथा थ्रिलरले भरिपूर्ण वेब सिरिज

नेपालखोज २०७८ चैत ८ गते ११:५९

काठमाडौं । ओटीटी (OTT) मा थ्रिलर तथा सस्पेन्सले भरिपूर्ण थुप्रै फिल्म तथा वेब सिरिज उपलब्ध छन् । यस्ता विषयमा केन्द्रित वेब सिरिज वा शो मनपराउनेहरुलाई यो सूची उपयोगी साबित हुनेछ । यी सिनेमा तथा वेब सिरिज नेटफ्लिक्स, अमेजन प्राइम भिडियो तथा डिज्नी प्लस हटस्टारमा उपलब्ध हुन्छन् ।

४ मार्चमा डिज्नी प्लस हटस्टारमा अजय देवगन को RUDRA रिलिज भयो । यो वेब सिरिजमा ईशा देओल तथा साउथकि एक्ट्रेस राशि खन्ना पनि छन् । यो वेब सिरिज प्रसिद्ध ब्रिटिस शो लुथरको हिन्दी रिमेक हो ।

अनदेखी टु SonyLIV मा रिलिज भएको थियो । यो सिरिजमा हर्ष छाया तथा अंकुर राठीले मुख्य भुमिका निर्वाह गरेका छन् ।
MITHYA एक साइकोलोजिकल थ्रिलर वेब सिरिज हो जुन १८ फरवरीमा जी फाइभमा रिलिज भएको थियो । यो सिरिजमा हुमा कुरेशी, भाग्यश्रीकी छोरि अवन्तिका दसानी आदिले काम गरेका छन । यसको कथा एक छात्रा र शिक्षिकाको वरिपरि घुम्छ ।

RAKTANCHAL को दोस्रो सिजन एमएक्स प्लेयरमा हेर्न सकिन्छ । रीतम श्रीवास्तवले निर्देशन गरेको यो वेब सिरिजको कथा पारिवारिक बदलाबाट हटेर राजनीति तथा गुन्डागर्दी तर्फ मोडिएको छ ।

माधुरी दीक्षितको ओटीटी डेब्यु वेब सिरिज नेटफ्लिक्समा रिलिज भइसकेको छ । पहिले यो वेब सिरिजक‍ो शिर्षक फाइन्डिङ अनामिका थियो जसलाई पछि ‘द फेम गेम’ बनाइयो । कथा अनुसार एक सुपरसचित एक्ट्रेस अचानक आफ्नो घर बाटै गायब हुन्छिन र पुलिस उनको खोजिमा जुटछ ।

लभ होस्टलमा सान्या मल्होत्रा तथा विक्रान्त मैसीले अहम भुमिका निर्वाह गरेका छन । यसको कथा एक नवविवाहित जोडिमा केन्द्रित छ । MIRZAPUR का दुई सिजन रिलिज भइसकेका छन जुन Amazon Prime Video मा उपलब्ध छ । यो सिरिजले IMDb मा ८.५ रेटिङ पाएको छ । यो सिरिजमा पंकज त्रिपाठी, अली फजल, श्वेता त्रिपाठी, विक्रान्त मैसी तथा दिव्येन्दु शर्माले अहम भुमिका निर्वाह गरेका छन् ।

AASHRAM मा बबी देओलको एक्टिङ निकै मनपराइएको थियो । ढोंगी जोगीको यो कथा कतिपयलाई मनपरे पनि यसमा विवाद समेत सृजना भयो । अहिले यो सिरिजको नयाँ सीजन सुरु हुँदै छ ।

Special Ops डिज्नी प्लस हटस्टारको वेब सिरिज हो र यसमा केके मेननले मुख्य भुमिका निर्वाह गरेका छन । यो सस्पेन्स सिरिज एक्शन तथा थ्रिलरले भरीपूर्ण छ । यामी गौतमक‍ो A THURSDAY डिज्नी प्लस हटस्टारमा रिलिज भएको हो । यो थ्रिलर फिल्ममा यामी गौतम नैना जायसवाल नामकी प्ले स्कुल टीचरको भुमिकामा देखा पर्छिन । यो फिल्ममा नेहा धुपिया, डिम्पल कपाडिया तथा अतुल कुलकर्णी पनि छन् ।

BESTSELLER अमेजन प्राइम भिडियोमा उपलब्ध छ । यो वेब सिरिजमा मिथुन चक्रवर्तीले काम गरेका छन । यसका आठ वटा एपिसोड रहने बताइएको छ । पाताल लोक अमेजन प्राइमको वेब सिरिज ह‍ो । य‍ो सिरिजमा जगदीश अहलावत अहम भुमिकामा देखा पर्छन् । पाताल लोक गएको वर्ष निकै मनपराइएको थियो ।

प्रतिक्रिया