‘विकासका लागि राजनीति नगरौँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासका लागि राजनीति गर्न नहुने बताए । देश विकासको सवालमा जनता देखि राजनितिक दल, स्थानीय सरकार देखि संघीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने उनको भनाइ रहेको छ ।
लमजुङ मध्यनेपाल नगरपालिका–३ सूर्यपाल र वडा नंं ४ चर्दीरम्घा जोड्ने चर्दीखोला मोटरेबल पुलको आज शिलान्यास गर्दै उनले गाउँगाउँ बाट रोजगारीका लागि गाउँ छाड्नेक्रम बढेर गाउँघर रित्तिँदै गएकाले गाउँघरमै रोजगारीको सिर्जना गरी गाउँ विस्थापित हुन बाट जोगाउनु पर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन हुन सक्ने धारणा व्यक्त गरे ।
एमसीसी सुन्ने बित्तिकै विरोध गर्ने जनताले पनि विस्तारै देशको हितमा राम्रो नै रहेछ भनेर बल्ल बुझ्न थालेकाले विरोध गर्न छाडेको वरिष्ठ नेता पौडलले बताए । मध्य नेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले चर्दी खोलामा हाल सम्म पनि मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन सञ्चालन हुन नसक्दा विभिन्न समस्या रहँदै आएको बताए ।
नगरपालिकाको आफ्नै लगानीमा अघि बढेको पुलले अब समस्याको समाधान गर्ने नगर प्रमुख पाण्डेको भनाइ रहेको थियो ।
ब्यास मार्गमा पर्ने पुल निर्माण हुन लागेपछि स्थानीय हर्षित भएका छन् । डेढ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरी केबीसीप्रसाद जेबी भरतपुर चितवनले निर्माणको जिम्मा लिएको नगरपालिकाका इन्जिनियर उत्तम सुवेदीले बताए ।
प्रतिक्रिया