आइतबार, असार २२, २०८२

निर्वाचनमा तालमेल हुने/नहुने कांग्रेसको हातमा छ : प्रचण्ड

नेपालखोज २०७८ चैत ८ गते १४:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन बीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताए । पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले जनकपुर विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

आगामी यात्रा कसरी अघि बढ्छ त्यो कांग्रेसकै भूमिकामा निर्भर हुने उनले बताए । उनले भने, ‘अहिलेसम्म पाँच दलीय गठबन्धन भित्र कुनै प्रकारको तिक्तता छैन । आसन्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भइरहेको छ, तर तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसको हातमा छ ।’

अध्यक्ष दाहालले हामीले गठबन्धलाई निरन्तर रुपमा अघि बढाउनुपर्ने पक्षमा छौं तर कांग्रेस भित्र तालमेलको बिषयलाई लिएर फरक फरक कुरा आइरहेको उनले बताए । अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सामेल गराउने बिषयमा गठबन्धन भित्र कुनै छलफल नभएको तर प्रधानमन्त्री र लोसपाका नेताबीच छलफल भइरहेको जानकारी दिदैँ सत्ता साझेदार दलबीच मन्त्री हेरफेरबारे छलफल भइरहेको बताए ।

प्रतिनिधिसभाको बैठकमा नागरिकता विद्येयक र रेल सम्बन्धी विद्येयक प्रस्तुत हुने बताउँदै त्यही बैठक बाट दुवै विधेयक पारित गरिने पनि जानकारी दिए ।

प्रतिक्रिया