शनिबार, असार २१, २०८२

यातायात कार्यालयका सबै सेवा अनिश्चतकालका लागि बन्द

नेपालखोज २०७८ चैत ९ गते १४:३१

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि आज पाँच बजेदेखि बन्द गर्ने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन् । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

प्रतिक्रिया