मंगलबार, जेठ ८, २०८१

चाैबीस घण्टामा ३८ कोरोना संक्रमित थपिए, २६९ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत ९ गते १६:३६

काठमाडाैं । पछिल्लो चाैबीस घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै साेही अवधीमा कोरोनाबाट २६९ जना निको भइ डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् । आज काेराेबाट कसैकाे पनि मृत्यु भएकाे छैन ।

प्रतिक्रिया