बिहीबार, असार १९, २०८२

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते

नेपालखोज २०७८ चैत ९ गते १६:५०

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी चैत २२ गते हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी चैत २२ गते गर्ने बताएको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । अध्यक्ष कटुवालले बानेश्वरको एभरेष्ट होटलमा समारोहको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने बताए । उनले महासंघले आर्थिक विकासको लागि निरन्तर काम गर्दै आएको बताए ।

मुलुकमा राजनीतिक दल फले भएकाले नीजि क्षेत्रले दुख पाएको भन्दै आगामी निर्वाचनमा नीजि क्षेत्रले पनि उम्मेदावारी दिनु पर्ने बताए ।

उनले भने,‘ चैत २२ गते राष्ट्रिय महाधिवेशन हुन्छ । त्यसपछि नयाँ नेतृत्व चुनिएर आउँछ । यो नीजि क्षेत्रको छाता संगठनको रुपमा काम गरिरहेको छ ।

अहिलेसम्म नभएको परिर्वतन सहित मुलुकमा आर्थिक विकास गर्ने तर्फ अगाडि बढ्छ । मुलुकमा राजनीतिक दलहरु फेल भएका छन्। आगामी स्थानीय तहको निर्वाचनमा नीजि क्षेत्रले विकासको गति बढाउन नेतृत्वमा जानुपर्छ।

महासंघले पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपले बढाएको ब्याजले उद्योगी व्यवसायीहरुलाई नराम्रो असर गरेको बताएको छ । महँगी बढेर आम उपभोक्तामा नकरात्मक असर परेको भन्दै यसतर्फ सोच्न महासंघले सरकारसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया