सोमबार, जेठ १४, २०८१

सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन

नेपालखोज २०७८ चैत ९ गते १९:२९

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधवार प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन गरेको छ । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया गरेका हुुन । उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बंैैकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको हो । अत्याधुनिक प्रविधिमैत्री बंैैकिङ मार्फत आमग्राहकहरु समक्ष सेवा प्रदान गर्ने उद्देश्यका साथ साथै देशको अर्थतन्त्रलाई सम्वृद्ध एवं सुदृढ बनाउन नव स्थापित बैंकको भवनमार्फत प्रदान गरिने सेवाको अहम भूमिका रहनेमा बैंक विश्वस्त रहेको छ । साथै यसअघि विराटनगर स्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २०८ वटा एटिएम्, ११४ शाखारहित बैंकिङ सेवार १,५०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया