सोमबार, असार ९, २०८२

सुन भाउ एकलाख नाघ्यो

नेपालखोज २०७८ चैत १० गते ११:०२

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ११ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार ९९ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि ११ सय रुपैयाँ नै बढेकाे छ । आज तेजाबी सुन ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले बढेकाे छ । आज चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया