शुक्रबार, जेठ ४, २०८१

चौबीस घण्टामा जम्मा १८ जनामा संक्रमण, २७१ जना डिस्चार्ज

नेपालखोज २०७८ चैत ११ गते १५:४९

काठमाडौं । नेपालमा कोभिड संक्रमण दर घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा नेपालमा हाल जम्मा १ हजार ९६० जना कोरोनाका सक्रिय संक्रमित बाँकी छन् । गत चौबीस घण्टामा देशभरबाट जम्मा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ८२२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जना गरी कुल १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २७१ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६४ हजार ३९८ पुगको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत पुगको छ ।

गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छ । त्यस्तै, गत चौबीस घण्टामा थप ६४ हजार ३४७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया