सोमबार, जेठ ७, २०८१

२०२२ मा आउने रोयल इनफिल्डका ५ दमदार बाइक

नेपालखोज २०७८ चैत १३ गते १२:५७

काठमाडौं । New-Gen Royal Enfield Bullet ३५० रोयल ईनफील्डले २०२२ मा लन्च गर्ने सबैभन्दा ठूलो मोटरसाइकल हुनेछ । यो नयाम्ह जेनरेसनक‍ो बुलेट हो । न्यू-जेन बुलेट ३५० आरईको नयाँ जे-सिरिज प्लेटफर्ममा आधारित हुनेछ । यसमा मिटियोर ३५० तथा न्यु-जेन क्लासिक ३५० का विशेषता पनि रहनेछन् ।

यो ३४९ सीसी, सिंगल-सिलिन्डर, एयर तथा ओयल-कुल्ड इन्जिनले सुसज्जित हुनेछ । यो सबैभन्दा सस्तो रोयल इनफिल्ड मोटरसाइकल हुनेछ र यो बाइक नोभेम्बर २०२२ सम्ममा बजारमा आउने अपेक्षा गरिएको छ ।

१. Royal Enfield Super Meteor ६५० र‍‍ोयल इनफिल्ड सुपर मिटियोर ६५० पहिले टेस्टकन क्रममा बाहिर देखापरिसकेको छ । यसमा ६४८ सीसी, प्यारेलल-ट्विन, एयर-कुल्ड, फ्यूल-इन्जेक्टेड इन्जिन जडान हुनेछ । यसमा ६- स्पीड गियरबक्स रहने बताइएको छ । यो बाइक अगस्त २०२२ मन लन्च हुनसक्छ ।

२. Royal Enfield Hunter ३५० रोयल ईनफील्ड हन्टर ३५० मीटियोर ३५० तथा न्यु- जेन क्लासिक ३५० जस्तै जे-सिरिज प्लेटफर्ममा आधारित हुनेछ । हन्टर ३५० एउटा रेट्रो रोडस्टर हुनेछ जसले युवाहरुलाई टारगेट बनाउनेछ । यो बाइकमा ३४९ सीसी, सिंगल-सिलिन्डर, एयर तथा ओयल-कुल्ड, फ्यूल-इन्जेक्टेड इन्जिन रहनेछ । फाइभ स्पीड गियरबक्स भएको यो बाइक जुन २०२२ सम्म लन्च हुने बताइएको छ ।

३. Royal Enfield Classic 350 Bobber रोयल इनफिल्ड क्लासिक ३५० निकै लोकप्रीय बाइक हो । सबैभन्दा बढी बिक्री हुने यो मोटरसाइकिल थप स्पोर्टि हुँदै छ । यसका लागि सिंगल सिटका साथ यसको बाबर भर्सन लन्च हुँदैछ । यसको इन्जिन स्टेडर्ड क्लासिक ३५० को जस्तै नै रहनेछ । बाबर मोटरसाइकिलले एर्गोनोमिक्स अपडेट प्राप्त गर्नेछ जसले जाभा पेराकलाई टक्कर दिनेछ । यो बाईक २०२२ को अन्त्य वा २०२३ को सुरुवातमा बजारमा आउने बताइन्छ ।

४. Royal Enfield ShotGun 650 (SG 650) २०२२ को अन्त्य वा २०२३ को सुरुवातमा रोयल ईनफील्ड शटगन ६५० लन्च हुने अपेक्षा गरिएको छ । एसजी ६५० पहिलो पटक २०२१ कै एक प्रदर्शनिमा देखिएको थियो । अहिले यसको टेस्टिङ भइरहेको बताइन्छ । यो आक्रामक एर्गोनोमिक्सका साथ एक बाबर-स्टाइल क्रुजर मोटरसाइकिल हुनेछ । Royal Enfield ShotGun ६५० ले आफ्नो पावरट्रेन Super Meteor ६५० का साथ सेयर गर्नेछ जसका कारण यो सबैभन्दा महगो रोयल इनफिल्ड बाइक हुन सक्छ ।

५. Royal Enfield Scram ४११ २०२२ मा लन्च भएको पहिलो रोयल इनफील्ड को नयाँ बाईक होे – स्क्रेम ४११ । यसको अन्तर्राष्ट्रिय बजार मुल्य ३.२५ लाखबाट सुरु हुन्छ । र‍ोयल ईनफील्ड स्क्रेम ४११ हिमालयनको रोड बेस भर्सन हो । यसमा हिमालयनको जस्तै ४११ सीसी सिंगल-सिलिन्डर, SOHC, एयर-कुल्ड, फ्यूल-इन्जेक्टेड इन्जिन जडान गरिएको छ । यसमा फाइभ-स्पिड गियरबक्स दिइएको छ ।

प्रतिक्रिया