बुधबार, वैशाख १२, २०८१

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्किए (फोटो फिचर)

नेपालखोज २०७८ चैत १३ गते १५:३१

काठमाडाैं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आज स्वदेश फर्किएका हुन् ।

विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाइ गरेका छन् ।शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौता समेत भएको थियो । कम्युनिस्ट पार्टीले बीआरआई अगाडि बढाउन उनलाई अनुरोध गरेको थियो भने कांग्रेसले त्योप्रति कुनै चासो देखाएको थिएन । उनले नेपाललाई दिने अनुदान र गर्ने सहयोगका सम्बन्धमा सरकार र पक्ष विपक्षका वरिष्ठ नेताहरुसँग छलफल गरे ।

प्रतिक्रिया