मंगलबार, जेठ १, २०८१

केही मान्छेलाई सत्तामा पुर्‍याउन गरेको गठबन्धनले कांग्रेसलाई फाइदा हुँदैन : राजकुमार लामा

नेपालखोज २०७८ चैत १३ गते १७:३३

काठमाडाैं । वैशाखमा स्थानीय चुनावलगत्तै आउने प्रदेश र संघीय निर्वाचनमा विभिन्न भेषधारी जोगीहरु भिक्षामाग्न आउने नेपाली कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि राजकुमार लामाले बताएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै कोही पुराना जोगी र कोही नयाँ जोगी आउने र निमुखाहरुलाई झुक्काउने बताए ।

घर-दैलोमा जोगी आएपछि जनताले चुनाव लागेको बुझ्ने उनले बताएका छन् । उनले भने, ‘झण्डै ८० बर्षदेखिको लोकतन्त्र, सामाजिक बहुलता, विधिको शासन, शक्ति पृथकिकरणको सिद्धान्तमा विश्वास राख्ने समस्त नेपाली जनताको आशा र भरोसाको केन्द्रमा रहेको राजनितिक दल नेपालि कांग्रेसको वर्तमान र भविष्यलाई वैशाखमा हुने स्थानीय चुनाव अनि प्रदेश र संघीय निर्वाचन परिणामले दुरगामी महत्त्व राख्नेछ । नेपाली कांग्रेसको स्वर्णिम ईतिहासको गौरव, लाखौ जुझारु कार्यकर्ता पङ्ती, बौद्धीक व्यक्तीत्वहरुको मौन सम्मतीले नेपाली कांग्रेसलाई आसन्न निर्वाचनमा नयाँ दिशा दिन महत्वपूर्ण योगदान दिनेछ । लाखौ शुभेच्छुक तथा विशाल जन समर्थन हुँदा हुँदै पनी निर्णायक बेलामा नेपाल कांग्रेस चुकेको छ । कांग्रेस सत्ताको लागी कहिले काहीँ अवसरवादीहरु द्वैध चरित्र भएसँग गठबन्धन गरेर भुलेको छ ।’

गठबन्धन केही व्यक्ति बिशेषहरुलाई सत्ता प्राप्त गर्न सजिलो हुने तर कांग्रेसलाई अपुरणीय क्षति पुर्‍याउने लामाको दाबी छ । उनले भने, ‘विगतको स्थानिय निवार्चनमा केही व्यक्तिहरुलाई सत्ता भोग गराउन गरिएको गठबन्धनले केही जिल्लाहरुमा कांग्रेस संगठन छिन्न भिन्न बनाउन मद्दत गरेको छ । कांग्रेसका आधार ईलाका भत्काउने काम गरेको छ । अब नेतृत्व पङ्कतीले सत्ताको जोड घटाउ हेरेर निणर्य लियो भने नेपाली कांग्रेस यो पटक देखिएला अर्को पटक कुन्नी भन्नेमा पुर्‍याउँछ । जसले जे भने पनि स्याल हुईया जति गरे पनि नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा नक्कली रामनामीहरु सँग हुनेछ । नक्कली रामनामीहरुका नाइकेहरु कुनै पनि साधारण घटनाहरुलाई अतिरन्जित गर्न तथा छल कपट झुट विद्यामा महाभारत हासिल गरेका छन् । यिनीहरु वाल्मिकिको कर्म भुमी माडी ठोरी ईतिहास तोडेर अयोध्या बनाउन सक्छन् तर यर्थाथमा प्रमाण खोज्दैनन् । संसदमा लानै नपर्ने एमसीसी लाई संसदमा लगेर देशलाई मित्र राष्ट्रहरुको क्रिडा स्थल बनाउछन् । बुद्ध भुमीमा बुद्धको शान्तीवाद छोडेरे द्वन्दवादमा रमाउनेहरु सँग प्रतिस्पर्धा गर्न निष्ठाको राजनिति गर्ने कांग्रेस कार्यकर्तालाई कठिन छ । द्वन्दवादीहरुले एक विशुद्ध अनुदानलाई काल्पनिक तर्कको आधारमा समाजमा द्वन्द सृजना गर्न गरेको अभुत पुर्व प्रयासलाई चिर्न नेपाली कांग्रेसले संसदमा युवा नेता गगन थापाको ध्वनी प्रतिध्वनित गर्नुपर्‍यो ।’

प्रतिक्रिया