सोमबार, वैशाख १७, २०८१

विदेशमा बसेर नेताले पदका लागि देश बिगारे भनेर गाली गर्नेबाटै नाङ्गो नाच मञ्चन

नेपालखोज २०७८ चैत १४ गते १५:०५

कुकुरको पुच्छर बाह्र बर्ष
ढुग्रोमा राखे नि बांगै!!! एनआरएन मा ३ वटा अध्यक्ष र ११ उपाध्यक्ष रे उताबाट आएर केहि सिकाउलान् भनेको यतैबाट पो सिकेर गएछन्..।
कलाकार दिपकराज गिरिको स्टाटसमा आएका कमेन्टहरु :

अध्यक्ष ११ राख्नुपर्ने उपाध्यक्ष ११ राख्नुपर्ने अनि एउटा एउटा फुटबल टिम बनाएर भिडाउन रमाईला हुन्थ्याे! अर्काे पटक बिचार गरियाेस्! राजनिति मा सब जायज!!
घनश्याम गौतम

दुइ चार दिन इमान्दारिताको खोल ओड्यो उम्मेद्बारी दियो पद पड्कायो।जस्ले जे मा उम्मेद्बारी दियो सबैको पद पक्का।कस्तो घटिया नजिर बस्यो यो संस्थामा।
नरेन्द्र बस्नेत

बिदेशमा बस्नेहरूके चिल्ला गाडी र गोरो सफा अनुहार देखेर झुक्किनु भएछ ! यहा यस्तै छ जे संस्कार थियो त्यो त फलो गर्ने नै भए! नेपाली हुन हजुर नेपाली! हाम्रो शिक्षा नै त्यस्तै छ के गर्नु त नि!
कुँवर जंगे

एक पटकको नेपाली संधैको नेपाली ।
ज्ञानेन्द्र देउजा

आफ्नो पहिचान यथावत राखेकोमा बधाई छ वहाँहरुलाई ।
श्रेष्ठ अशोक

कहीँ नभाको जात्रा हाडिगाँऊमा नै गराए ।
गणेश पान्डे

NRN को अबको योजना भनेको ३ वटा अध्यक्षले ३ टुक्रा पार्ने हुन ।
बिनोद घिसिङ तामाङ

नेपाली हुन नी हौ ? नेपालीले गर्छन भन्या यहि हो ।
अर्जुन थापा

सबैलाई पद नै हाे चाहिएकाे के गर्ने ?
नारायण खडगा

यत्तिको हरिबिजोक अन्त कहाँ होला र ?
हिक्मत बिष्ट

नेपाली हाे नि त चान्स पायाे भने सबै कु गर्छ। पद, पावर र पैसा संग यिनिहरु पनि कहाँ कम छन् र, नैतिक्ता, अात्मासंमान र भविस्य बेच्न। गुइये राजनिति, हेर्दा पनि हेर्नेलाई नै लाज, घिन अनि दया लाग्छ।
खडग ओझा

थुक्क बेथिति!!! हैट,देश बाहिर बसेर नेताहरूले कुनै देशमा नभएको जम्बो मन्त्रिमण्डल विस्तार गरे भनेर हामी बिदेशमा बसेर कराईन्थ्यो आज यतै पनि यस्तै देख्न पाईयो । नेपालीलाई सत्ता र शक्तिको मोह कहि गए पनि रोक्न र छेक्न सक्दैन, चाहे कैयौ पटक बिधान संशोधन गर्न किन नपरोस्। अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उप महासचिव ६, सचिव १० जना (अझै कोषाध्यक्ष त जम्मा जम्मी चौध पो भएछन।) कोषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष-३, प्रवक्ता २ जना!!!!
चन्द्र कुँवर

विदेशमा बसेर नेताले पदका लागि देश बिगारे भनेर लाई गाली गर्नेहरुबाटै नाङ्गो नाच मञ्चन भएछ ।
कृष्ण गाउँले

२४ बर्ष ढुँग्रोमा राखे पनि नेपालिले सिकेको पाठ कहि गएर बिर्सदैनन् ।
नवीन गैरे

नेपाली प्रत्येकलाई पद पोष्ट नदिए संस्था बिघटन्न भैहाल्छ संस्था टिकाउनलाई हरेकलाई पद दिनै पर्छ, त्यसैले आजभोली कुनै पनि संस्थामा दर्शक हुदैननन् तर सबै संस्था पद हनन्छन् …।
रिता श्रेष्ठ

देश छाडेर उतैको नागरिकता लिइ सक्दा पनि नेपालको राजनितिको सिको गर्न नछाड्ने भए ।
बिदुर घिमिरे

हाँस्य क्षेत्रलाई अर्को मिठो मसला !
बलराम ढकाल

व्यक्ति जति सुकै राम्रा आवरणमा अलंकृत भए पनि के गर्नु संस्थागत रुपमा अलंकृत नभएपछि!
अमर पौडेल

नेपाली लाई ४/५ साल अमेरिका वा युरोप जिम्मा दिनेहो भने अमेरिका र युरोपलाई पनी नेपाल बनाई दिन्छन , के सोच्नु भा’छ नेपालीलाई !!
हेम चौधरी

यी सब उहि ड्यांगका झोले त हुन! आफ़्ना नेता बिदेश आउंदा सलाम हान्ने झोले!
दिपेन भण्डारी

आर्थिक अबस्था फेरिएला, शरिरको साइज मोटोदुब्लो फेरिएला, तर नेपाली हो जहाँ गएपनि लागेको बानी फेरिदैन!
भरत वलि

पुर्ब माओबादि बाट प्रभाबित भएका होलान नि!
अर्जुन थापा

आर्को कमिटी शेष घले तर्फकोलाई बिर्सनु भो क्या हो!!
प्रेम अर्याल

नेपालीलाई काम होईन प अरुबाट नमस्कार चाहीएको छ , आसनमा बसदा माला चाहिएको छ तेसका लागी पद चाहिनछ । तेही नमस्कार लिने र मालाका लागी पदको लूछाचुंड़ी हो । मानसिक दरिद्रताहरु ।
लक्षमण बोगटी

फुट् बाट बच्यो भन्नुस् ।
हरि कुँवर

यस्तै ताल हो भने अब देशमा दुइटा प्रधानमन्त्री हुने दिन नआउला भन्नसकिन्न ।
जनक बुढाक्षेत्रि

राम्रो कुरा कहाँ सिक्छन् र? नराम्रो कुरा पो छिटो सिक्छन् त नेपालीले?
राम कुमार

प्रतिक्रिया