सोमबार, वैशाख १७, २०८१

नेपाल आइडल-४ का फस्ट रनरअप नाङगेललाई झापामा भव्य स्वागत (फोटो फिचर)

नेपालखोज २०७८ चैत १६ गते २१:२५

काठमाडौं। नेपाल आइडल-४ का फस्ट रनरअप नाङगेल तामाङलाई गृहजिल्ला झापामा स्वागत गरेका छन् । चैत ५ गतेसम्पन्न आइडलमा दोस्रो बनेका नाङगेललाई गृहजिल्लामा स्थानीयबासीले स्वागत गरेका हुन् ।

आइडलको उपाधि भने भूपेन्द्र थापा मगरले जितेका थिए । दोस्रो बनेका नाङगेलले ५ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए । नगदसँगै स्कुटर, २० लाख बराबरको जीवन बिमा र अन्य उपहार पाएका थिए ।

दोस्रो बनेर गृहजिल्ला झापा पुगेका नाङगेललाई विर्तामोड नगरपरिक्रमा गराएका थिए । उनलाई फूलमाला, अबीर र खादा लगाएर विर्तामोडबासीले स्वागत गरेका थिए । विर्तामोड-८ गरामनीमा कन्सर्ट गरेर उनले गीत गाएरपनि सुनाएका थिए ।

प्रतिक्रिया