मंगलबार, मंसिर १८, २०८१

पदोन्नति भएका तीन प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखोज २०७८ चैत १७ गते १७:१९

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नति पछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नका निम्ति सफल हुने विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नीति निर्माण एवम् संगठनले अख्तियार गर्नु पर्ने अग्रगामी मार्ग प्रशस्त गर्न, अख्तियारीमा रहेका काम र कार्यविधिहरूलाई थप अध्यावधिक गर्नेलगायतका बिषयमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले संगठनलाई योगदान पुर्‍याउनेमा विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया