बिहीबार, मंसिर २७, २०८१

थापाले लिङ्देनलाई भने- आउँ भाई राजसंस्थाको एजेन्डा छोडेर अनि मिलाैं

नेपालखोज २०७८ चैत १७ गते २०:४३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रको असम्भव एजेन्डा त्याग्न राप्रपालाई सुझाव दिएका छन् । उनले सामाजिक सन्जालमार्फत अहिले आफूलाई गाली गर्ने राप्रपाका युवाहरू भविष्यमा आफ्नै बाटोमा आउने दाबी गरे ।

यद्यपि थापाले अहिले पनि आफूलाई राजसंस्थाको माया लाग्ने बताएका छन् । उनले भने, ‘राजसंस्थाको माया त मलाई अहिले पनि लाग्छ, तर के गर्नु । उनको व्यवहार र सोचाइ नै गलत भयो ।’

असम्भव एजेन्डा बोकेर आफ्नो र युवाहरूको भविष्यमाथि खेलवाड गर्ने काम छोड्न भनेका छन् । उनले भने, ‘२०६३/६४ ताका मरेको लाश नबोकौं दाइ भनेर सल्लाह दिने भाइहरू अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालीको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ । गालीगलौजको सट्टा निर्वाल निवास्लाई सोध्नुस् १५ वर्षमा राजसंस्था पुन:स्थापना गर्न राजाको के भूमिका रह्यो ? पटक-पटक राप्रपा कमजोर पार्ने काम किन भयो ?’

उनले आफूलाई राजसंस्थाको माया लाग्ने भए पनि ‘उनको’ व्यवहार र सोचाइ नै गलत भएको बताएका हुन् । थापाले राप्रापाको महाधिवेशनमा पूर्वराजाको हस्तेक्षप भएको भन्दै विरोध गर्दै आएका छन्। अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले छानबिनको माग गर्दै आएका थिए । तर, त्यसको सम्भावना नदेखेपछि उनले पार्टी परित्याग गरी राप्रपा नेपाल भन्ने दर्ता भएको पार्टीमा उनी प्रवश गरे।

थापा २०६२/६३ को जनआन्दोलनपछि सम्पूर्ण राजनीतिक माहोल गणतान्त्रिक हुँदा पनि एकल रुपमा राजसंस्थाको पक्षमा उभिँदै आएका थिए । तर, पछिल्लो समय उनले राजसंस्था पुनःस्थापनाको माग छाडेर हिन्दूराज्यको पक्षमा उभिन थालेका छन्।

प्रतिक्रिया