मंगलबार, मंसिर १८, २०८१

सेफ सन्तोसले तयार गरेको नेपाली खानाको ७ कोर्ष मेनुलाई ‘प्लेटिङ'(फोटो फिचर)

नेपालखोज २०७८ चैत १७ गते २१:०४

काठमाडौं । बिबिसी मास्टर सेफको रि-म्याच विजेता सेफ सन्तोष शाहले तयार गरेको कुक बुक ‘ऐला’अन्तर्गत रहेको नेपाली खानाको ७ कोर्स मेनुलाई आज अनुभवी नेपाली सेफहरुले ‘प्लेटिङ’ गरेका छन्।

ललितपुरको सातदोबाटो स्थित आइएचएम कलेजमा आयोजित एक विशेष कार्यक्रममा व्यवसायिक सेफहरुले ‘ऐला’मा समावेस नेपाली खानाका परिकारलाई ७ कोर्षमा राखेर पस्किएका हुन्। कलेजको ५औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा ग्लोबल नेप्लीज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मणप्रसाद भन्डारीको ‘आलीदेखि थालीसम्म’ को अभियानसँग परिमार्जन गर्दै नेपाली मौलिक खानाहरुको मेनुलाई सेफ जित मोक्तान, मिथिला खानाका अभियन्ता सेफ महेश साह तथा आइएचएम कलेजका सेफहरुले मौलिक तथा ‘फ्युजन कन्सेप्ट’मा पस्कीए ।

७ कोर्ष मेनुमा स्टाटरमा आलुचप सागवाला, सुपमा आसल र लौकीको तातो झोल, माछाको परिकारमा माछा तरुवा, पहिलो मेनकोर्ष ‘ननभेज’ खसी पक्कुसँग गोलभेडा भात र कडी करी, दोस्रो मेनकोर्ष ‘भेज’ कटहर पोलेको सँग कागुनो र सिस्नो आलु, डेजर्टमा तराई मालपुवा र रब्रि तथा बेभरेजमा मसला टिलाई तयार गरि प्रदर्शन गरिएको थियो ।

सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम लामा, जिएनसिएफका महासचिव मोहन गजुरेल, सुनसरी अध्यक्ष प्रेम तुम्बापो, कलेजका एकेडेमीक डाइरेक्टर सेफ विकास डंगोलले प्रस्तुत नेपाली मौलिक खानामाथि समिक्षा गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै भान्से भन्डारीले हामीले बिर्सिदै गएका नेपाली मौलिक परिकार, कल्चर, पहिचान र विविधतालाई सेफ सन्तोस साहको ऐलाले फेरी एक पटक व्यवसाहिक ढोका खोलेको भन्दै ७ कोर्ष मेनुको प्रस्तुतीले खानालाई अझै जनस्तरमा पुर्‍याएको बताए।

त्यस्तै क्यानका अध्यक्ष श्याम लामाले ऐलामा समावेश नेपाली मौलिक खानालाई हाम्रो आफ्नै पहिचान आलीदेखि थालीसम्म जोडेर प्रस्तुत गरिनु आफैमा विशेष भएको धारणा राखे । कलेजका सिइओ सुराच प्रसाईले स्थापना कालबाटै आफुहरुले नेपाली मौलिक खानाको खोज, प्रवर्द्धन र पस्कने कार्यलाई अभियानकै रुपमा लिएको स्मरण गर्दै ऐलामा समावेश नेपाली मौलिक खानाका रेसिपिबाट युवा पुस्ताका सेफहरुले समेत धेरै सिक्ने अवसर पाएको बताए ।

प्रतिक्रिया