सोमबार, वैशाख १७, २०८१

‘सूर्जेकुमारी’ ले धेरैलाई पोल्यो र भिटामिन डी प्राप्त भयो : करिश्मा मानन्धर

नेपालखोज २०७८ चैत १७ गते २१:०७

काठमाडौं । नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले आफ्नो न्वानरको नामले धेरैलाई पोलेको र भिटामिन डी प्राप्त भएको बताएकी छन् । नेपालकी चर्चित नायिका समेत रहेकी मानन्धरले केही समयअघि नेकपा एमाले प्रवेश गरेपछि पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो न्वारनको नाम ‘सुर्जेकुमारी’ भएको बताएकी थिइन् ।

एमालेको सान्दर्भिकता र महत्व पुष्टि गर्न करिश्माले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्नेछ । लालसलाम ।’

उनको यो अभिव्यक्तिलाई धेरैले मजाक बनएपछि उनले सामाजिक सन्जालमार्फत भनिन्, ‘सूर्जेकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो। भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरू गरेकी अभिनेत्री मानन्धर पछिल्लो समय निष्क्रिय रहेकी थिइन् । उनले केही समयको ग्यापपछि पुन: राजनीतिक यात्रा एमालेबाट सुरू गरेकी हुन् । उनी नेपालको चर्चित नायिकामध्येकी एक हुन् । उनले एसईईको परीक्षा दिएपछि चर्चामा आएकी थिइन् भने हालैमात्र एमाले प्रवेश गरेपछि उनको चर्चाले आकाश चुमेको थियो ।

उनलाई एमाललेले महत्वपूर्ण जिम्मेवारी दिनका लागि पार्टी प्रवेश गराएको समेत चर्चा भएको थियो । तर, उनले राजनीतिक लाभका लागिभन्दा पनि देशको हितका लागि एमाले प्रवेश गरेको स्पष्ट पारेकी थिइन् । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको फ्यान भएको र ओलीकै पालोमा परिवर्तन सम्भव भएकाले साथ दिएको स्पष्ट पारेकी थिइन् ।

प्रतिक्रिया