शुक्रबार, मंसिर २८, २०८१

राष्ट्र बैंकद्वारा हिमालयन बैंकलाई कारबाहीको सिफारिस

नेपालखोज २०७८ चैत १७ गते २३:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाहीको सिफारिस गरेको छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकसंगको मर्जर प्रकृया भाँडेको भन्दै कारवाहीको सिफारिस गरेको हो ।

एकीकृत कारोबारको अन्तिम चरणमा पुगिसकेको मर्जर प्रकृयालाई भाँड्नमा हिमालयन बैंकका सञ्चालकहरुको प्रमुख भुमिका देखिएकाले हिमालयन बैंकका सञ्चालकहरुलाई कारवाही गर्ने सिफारिस गरिएको हो, राष्ट्र बैंक उच्च स्रोतले भनेको छ ।

उक्त प्रकरणमा नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालकहरुलाई भने सचेत मात्र गराईएको स्रोतको दाबी छ । स्रोतका अनुसार राष्ट्र बैंकले अबको एक बर्षभित्र मर्जरको ठोस निर्णय लिएर कार्यान्वयन गर्न पनि दुबै बैंकहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया