शनिबार, मंसिर २९, २०८१

कस्पेटको नयाँ स्मार्ट वाच मोडलहरु नेपाली बजारमा

नेपालखोज २०७८ चैत १७ गते २१:२२

काठमाडौं । नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलो पटक फोन कल गर्न सकिने स्मार्टवाच ल्याएको हो ।

कम्पनीले नेपाली बजारमा युरोपको स्मार्टवाच ब्राण्डकस्पेट म्याजिक थ्रीएस रकोस्पेट ट्यांक एम १ स्मार्टवाचहरु भित्र्याएको हो । यी दुबै स्मार्टवाचहरु नेपालभर उपलब्ध भईसकेका छन् । कस्पेटका सम्पूर्ण स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तर अनुसार उत्पादन गरिएका छन् ।

कस्पेट म्याजिक थ्रीएस
म्याजिक थ्रीएस नामक नयाँ मोडलको स्मार्टवाचमा आईफोन तथा कुनै पनि एन्ड्रोइड स्मार्ट फोनमा कनेक्ट गरेर स्मार्ट वाचबाटै सिधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने फिचर रहेको छ ।

यो स्मार्टवाचमा १.६९ इन्चको टिएफटी डिस्प्ले राखिएको छ भने पावरका लागि २६० एमएएचको ब्याट्री प्याक रहेको छ । कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचलाई एक पटक चार्ज गरेपछि ७ दिनसम्म सजिलै चलाउन सकिन्छ ।

कस्पेटको म्याजिक थ्रीएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्टस मोड छन भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । त्यसैगरी प्रयोगकर्ताको शरिरको तापक्रम नाप्ने सुबिधा समेत रहेको छ । स्मार्टवाच आईपी ६७ वाटर रेसिस्ट्यान्टसहित आउनेछ । यसको सबैभन्दा महत्वपूर्ण फिचर भनेका ब्लूटूथमार्फत आफ्नो फोनमा कनेक्ट गरेर भ्वाइस कल गर्न सकिने छ ।

प्रतिक्रिया