मंगलबार, जेठ ८, २०८१

तिरुपतिमा चढाएको कपालको बजार

नेपालखोज २०७८ चैत १८ गते ११:११

काठमाडौं । हामीमध्ये कतिपय नेपाली दक्षिण भारतको तिरुपति मन्दिर पुगेका छौं । त्यहाँ हामीमध्ये कतिले आफ्नो केश मुन्डन गरेर केश पनि चढाएका हौला अथवा हामी सबैलाई त्यहाँ मुन्डन गरेर कपाल देउतालाई चढाउने प्रचलनका सम्बन्धमा जानकारी छ ।

आम रुपमा हिन्दु धर्ममा बालबालिका तथा पुरुषहरुले मात्र केश मुन्डन गराउँछन् । यद्यपि तिरुपति मन्दिरमा महिलाहरुले पनि केश मुडाउँछन् । दक्षिण भारतको केही समुदायका महिलामा यो प्रचलन सामान्य पनि हो । श्रद्धालुहरु कुनै भाकल गर्दा वा मनोकामना पुरा भएपछि आफ्नो केश ( कपाल ) ईश्वरलाई चढाउँछन् । प्रत्यक दिन लाखौं मानिस तिरुपति बालाजी मन्दिर पुग्छन् भने त्यहाँ करिब २० हजार मानिसले प्रतिदिन आफ्नो कपाल दान गर्छन् ।

कहाँ जान्छ ?

काटेको केश दैनिक २० हजार महिला -पुरुषको मुन्डन गरेर निस्किएको केश पनि कम हुँदैन । यसरी जम्मा भएको कपाल तिरुपति मन्दिर प्रशासनले बिक्री गर्ने गरेको छ । त्यो कपाल हेयर ड्रेसिङसँग सम्बन्धित मझौला व्यापारिहरुले खरिद गर्छन् । त्यसमा महिलाहरुको लामो कपाल अलग गरेर त्यसलाई धोई पखालि रंग लगाएर सुकाईन्छ । धुलाई र रंगाईको काम सकिएपछि त्यो केशलाई मेशिन र काईयोको मद्दतले राम्रोसँग कोरी अलग-अलग लम्बाइको गुच्छा तयार पारिन्छ । यसरी असली कपाल बेच्नेहरुसँग हर प्रकारको केशको भेरायटी उपलब्ध हुन्छ । जस्तै, कालो, रातो, सुनौलाे, घुम्रिएको – सीधा, लामो- छोटो सबै प्रकारको कपाल ।

भनिन्छ – २०१५ मा भारतले तीन हजार दुई सय करोड रुपैयाँको यस्तै कपाल बेचेको थियो । यस्तो भारतीय कपालको बजार पुरै संसारभर फैलिएको छ । ति कपाल युरोप, अफ्रीका, दक्षिण अमेरिका तथा क्यानाडासम्म निर्यात हुन्छ । यसमा महिलाको केशका अतिरिक्त पुरुषक‍ो केशको प्रयोग विग, दारि र नक्कली जुँगा बनाउन प्रयोग गरिन्छ ।

-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया