मंगलबार, मंसिर १८, २०८१

कतार विश्वकपको ड्र आज सार्वजनिक हुँदै

नेपालखोज २०७८ चैत १८ गते ११:२४

काठमाडौं । आगामी नोभेम्बरमा सुरु हुने कतार विश्वकप २०२२ का लागि आज विश्वकपमा छनोट भएका देशहरुबीचको ड्र सार्वजानिक गरिँदै छ । फिफा विश्वकपका लागि हुने समूह विभाजन शुक्रबार गरिन लागेको हो ।

कतारको दोहामा एक कार्यक्रमबीच नेपाली समय अनुसार राति ९ः४५ मा ड्र सार्वजनिक गरिने फिफाले जनाएको छ। विश्वकपका लागि २९ राष्ट्र सहभागि भएका छन् ।

फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गरिने छ। कतार विश्वकप २१ नोभम्बर देखि १८ डिसेम्बरसम्म आयोजना हुने कार्यतालिका रहेको छ ।

फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गर्ने छ । कतार विश्वकप २१ नोभम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने कार्यतालिका रहेको छ।

विश्वकपमा छनोट भएका २९ देश

कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन, पोर्चुगल, मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे, स्विजरल्याण्ड, अमेरिका, क्रोएसिया, सेनेगल, इरान, जापान, मोरक्को, सर्बिया, पोल्याण्ड, दक्षिण कोरिया, ट्युनिसिया, क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेबिया, घाना ।

प्रतिक्रिया