बिहीबार, मंसिर २७, २०८१

कञ्चनपुरमा लागुऔषध कारोबार नियन्त्रणमा चुनौती

नेपालखोज २०७८ चैत १८ गते १२:३८

काठमाडौं । कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसनि बढ्दै गएको छ । प्रहरीको तथ्यांक हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ । विगत तीन वर्षयता लागुऔषध सेवन गर्नेको संख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले १७ देखि ३० वर्ष उमेर समूहका बालिका तथा युवा लागुऔषध दुव्यर्सनमा रहेको जानकारी दिए । उनले भने, ‘पटक/पटक लागुऔषधमै फेला पर्न थालेपछि धेरैलाई त मुद्दा चलाएर कारबाही गरिरहेका छौँ ।’ प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/ ७७ मा ८७ लागुऔषध सेवन कर्ता पक्राउ परेका थिए । यसमा सात भारतीय नागरिक रहेका छन् । प्रहरीले २१ किलो २५ ग्राम चरेश, नाइट्राभेट ३७५ ट्याब्लेट, हेरोइन २६९ ग्राम बरामद गरेको थियो ।

त्यस्तै प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/ ७८ मा लागुऔषध असोपारपसार तथा सेवन गरेको आरोपमा पक्राउ पर्नेको संख्या बढेर २३० जना पुगेका थिए । साथै, लागुऔषधको विभिन्न अभियोगमा १४१ वटा मुद्दा चलाएको थियो । चालु आर्थिक वर्षको आठ महिनामा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ९९ विरुद्ध मुद्दा दर्ता गरेको छ । सो कारोबारमा संलग्न १६५ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नाइट्राभेट १२ सय ७४ ग्राम, स्पाम २ सय ७६ ग्राम, रेक्सोजेसिक १ सय ६४ ग्राम, खैरोहेरोइन २६५.२३ ग्राम र चरेस ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न आपाराधिक क्रियाकलापमा संलग्न अधिकांश लागुऔषध सेवन गरेको अवस्थामा देखिएको जनाएको छ ।

प्रतिक्रिया