पत्रकार पाण्डेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाईको माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।
दुबईमा रहेको नेपाली दुताबासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाई दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पती जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै पाण्डे त्यहाँको जेलमा रहेका छन् ।
जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले आज माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । उनलाई जेल पुर्याउनका लागि युएई स्थित नेपाली दुतावासनै लागि परेको उनको आफन्तहरुले आरोप लगाएका छन् ।
युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको र उनको बिना सर्त रिहाई गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनमा सहभागी पिताम्बर भुसालले बताए ।
प्रदर्शनमा वाक स्वतन्त्रता हनन्ः लोकतन्त्रको उपहास, पराइ भुमिमाः आफ्नैबाट नागरिक असुरक्षित, परराष्ट्रको मौनताः राजदूतलाई हौसला लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया