कांग्रेसले भारतीय सेना बोलाएर देशभक्त नेपालीको हत्या गर्यो : केपी ओली
नेपालको पहिलो सहिद बाकावीर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछि नेपाली कांग्रेसले भारतीय सेना बोलाएर देशभक्त नेपालीको हत्या गराएको आरोप लगाएका छन् । शुक्रबार एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुद्वारा आयोजित केन्द्रिय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलामा ओलीले लखन थापा नेपालको पहिलो सहिद नभएको समेत बताए ।
पहिलो सहिदको विषयको बुझाइमा सबैमा दोधारपन भएको र बाकावीर राणा शासनविरुद्ध लडेर पहिलो सहिद बनेको ओलीले दाबी गरे । उनीपछि पहिलो सहि भनिएका लखन थापा र योगमायाहरुले विद्रोह गरेको अध्यक्ष ओलीको भनाइ थियो । उनले भने, ‘बैतडी, बझाङ कतातीर हुन् बाकावीरले पहिलोपल्ट राणा शासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए र उनलाई पछि राणा शासनले गिरफ्तार गरेर हत्या गरेको थियो । र, उनी पहिलो सहिद हुन् । पहिलो सहिदको सम्बन्धमा कन्फ्युजन पनि छ । चर्चा नभएर पनि हो । बाकावीर नेपालको राजनीतिक जाँगरणको र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो सहिद हुन् । त्यसपछि अनेक आन्दोलन हुँदै गए । पछि लखन थापा व्रिदोहलाई लिन सक्छौँ, योगमायाको विद्रोह र अरु विद्रोहलाई लिन सक्छौँ ।’
अध्यक्ष ओलीले नेपालको पहिलो सहिद बाकावीर भने पनि लोक सेवाको पाठ्यक्रममा र अहिलेसम्म कांग्रेसका अहिलेका सभापति अहिले देशभित्र हुनुहुन्न । बाहिर भएका बेला केही भन्दिनँ । फेरि विदेश गएका बेला लखेट्यो भन्लान् । उहाँ आएपछि नै भनौँला । विकिपिडियाका अनुसार लखन थापा मगर नेपालका पहिलो सहिद हुन् । उनलाई सन् २००० फ्रेबुअरी २३ मा तत्कालीन नेपालको श्री ५ को सरकारबाट शहिद घोषणा गरिएको थियो । राणा शासनविरूद्ध विद्रोह गरेका मगरलाई वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो।
उनले कांग्रेसका महामानव विश्वेश्वरप्रसाद कोइरालाकाे पनि आरोलाेचना गरे । ओलीले ऐतिहासिक प्रसंग कोट्याएका थिए ।२००७ सालपछि आन्दोलनको उपलब्धि अपूरो भयो भनेर आवाज उठाउने युवाहरूमाथि कांग्रेसको सरकारले दमन गरेको उनले बताए । उनले भने, ‘भारतीय सेना ल्याएर डोटीमा गिरफ्तार गरेर देवदत्त पन्तको टाउको काट्ने काम भयो । अलिक भन्न राम्रो लाग्दैन, तर यो सबै नेपाली कांग्रेसले गरेको हो । विदेशी सेना नेपालभित्र बोलाएर नेपालको भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली कांग्रेसले कटाएको थियो । नेपाली कांग्रेस यस्तै हो ।’
ओलीले हालका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदाका बखतको प्रसंग पनि निकाले, तर केही टिप्पणी गरेनन् । ओलीले भने, ‘विद्यार्थी आन्दोलन दबाउने क्रममा २००८ साल कात्तिक २० गते चिनियाँ काजीको हत्या गर्दा वीर विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री हुनुहुन्थ्यो । त्यति बेला कति विद्यार्थी हुँदा हुन् ? त्यति पनि सहन नसकेर गोली चलाइएको थियो । कांग्रेसका अहिलेका सभापति अहिले देशभित्र हुनुहुन्न । बाहिर भएका बेला केही भन्दिनँ । फेरि विदेश गएका बेला लखेट्यो भन्लान् । उहाँ आएपछि नै भनौँला ।’
प्रतिक्रिया