बिहीबार, जेठ ३, २०८१

सुरु भयो मुसलमानहरुको रमजान

नेपालखोज २०७८ चैत १९ गते ९:२३

काठमाडाैं । मुसलमानहरुको सबैभन्दा शुभ महिना रमजान धार्मिक रूपले धुमधाम सँग मनाईन्छ । रमजान इस्लामीक क्यालेन्डरको नवौं महिनामा पर्छ । यो महिना मुस्लिम समुदायका मानिसहरु उपवास तथा दुवामा समय व्यतीत गर्छन् । यो वर्षको रमजान २ अप्रील अर्थात चैत १९ गते शनिबारदेखि शुरू हुँदैछ । चन्द्रमा देखिएको हिसाबले यो मिति अलग पनि हुनसक्छ ।

रमजान मुस्लिम समुदायको सबैभन्दा महत्वपुर्ण पर्व मध्ये एक हो । इस्लामी शिक्षा अनुसार, रमजान इस्लामका पांँच स्तम्भ मध्ये एक हो । इस्लामका पांँच स्तम्भ – शाहदा, सलात, जकात, साम तथा हज हुन । अर्धचन्द्रको दर्शनका आधारमा पवित्र महीना २ अप्रील देखि शुरू हुन्छ । रमजानको मिति प्रतेक वर्ष परिवर्तन भैरहन्छ । किनभने इस्लामिक क्यालेन्डर चन्द्र चक्रमा आधारित हुन्छ । एक पटक अर्धचन्द्र देखिए पछि नै यो पवित्र महीना शुरू भएको मानिन्छ ।

रमजानको इतिहास

रमजान शब्द अरबी मुलको रमिदा ए वा अर-रमाद बाट आएको हो । यी दुबै शब्दको अर्थ ‘चिलचिलाउँदो गर्मी’ हुन्छ । रमजानको पवित्र महीना चार सप्ताह तथा दुई दिन रहन्छ । यो अवधिमा संसारभरका मुसलमानहरु रोजाका रूपमा उपवास बस्छन् । यो व्रत बिहान देखि सुर्यास्त नहुन्जेल सम्म चल्छ । रमजानका दौरान मुसलमानहरुलेे नमाजमा बढि ध्यान दिन्छन ।

उपवासको पालन गर्न मुसलमानहरु सेहरी लिन्छन । सेहरी बिहानको नमाज , फज्र को आह्वान भन्दा पहिले खाईने भोजनलाइ भनिन्छ । यसैगरि साँझ उपवास तोडन इफ्तार गरिन्छ । रमजानको अन्त्य लाई ईद-उल-फितर भनिन्छ ।

कसरी मनाईन्छ रमजान ?

  • रोजा सुर्योदय पछि शुरू भएर सुर्यास्त सँगै समाप्त हुन्छ ।
  • सुर्योदय तथा सुर्यास्त का बीच भोजन तथा पानी केहि पनि सेवन गरिदैन ।
  • नियमित ५ पटक नवाज पढिन्छ ।

प्रतिक्रिया