सोमबार, वैशाख १७, २०८१

यौन शोषणको सिकार कलाकार

नेपालखोज २०७८ चैत १९ गते १०:३७

काठमाडौं । नेपालमा अहिले पल शाह प्रकरणको चर्चा उत्कर्षमा छ । यसरी यौन शोषणको आरोप लाग्ने वा यौन शोषित हुने कुराबाट समाजको अरु क्षेत्र जस्तै मनोरञ्जनको क्षेत्र पनि अछुतो छैन । नेपालको मनोरञ्जनको सानो बजारको तुलनामा अन्तर्राष्ट्रिय बजारमा यस्ता कुरा बढी नै बाहिर आउँछन् ।

भारतमा निर्मित इम्तियाज अलीको फिल्म ‘हाईवे’ ले परिवारभित्रै हुने बाल यौन शोषणको मुद्दा उठाएको छ । बलिउड तथा हलिउडका कैंयन् ठूला हस्तीले यो विषयमा खुलेर आफ्नो अनुभव सुनाइसकेका छन् ।

मर्लिन मुनरो
माता पिताले विवाह नगरेका कारणले सुप्रशिद्ध हलिउड स्टार मर्लिन मुनरोको बाल्यकाल अनाथालहरुमा बित्यो, जहाँ बारम्बार उनको यौन शोषण भयो । आफूलाई जोगाउन मर्लिनले अनाथालयहरु पनि परिवर्तन गरिन् । बाल्यकालमा मनमा लागेको यो गहिरो चोट उनको जीवनभर साथ रह्यो ।

ओपेरा विनफ्री
टेलीभिजनकी प्रशिद्ध हस्ती ओपेरा विनफ्री भावुक अन्तर्वार्ता लिन माहिर मानिन्छिन् । यद्यपि डेभिड लेटरमनको शो मा जब उनी पुगिन् तब उनको कथा सुनेर मानिसहरु भावुक भए । ओपेराको बलात्कार नौ वर्षकै उमेरमा एक नातेदारले गरेका थिए र १४ वर्षको उमेरसम्म उनको शोषण जारी थियो ।

अनुराग कश्यप
बलिउडकर्मी अनुराग कश्यपले एक अन्तर्वार्तामा के भनेका छन् भने बाल्यकालमा ११ वर्षसम्म उनको यौन शोषण भइरहयो । अनुरागले अहिले ती व्यक्तिलाई माफी पनि दिइसकेको बताएका थिए ।

कल्की कोचलिन
महिला अधिकारका पक्षमा खुलेर कुरा गर्ने अभिनेत्री कल्की कोचलिनले पनि आफ्नो बाल्यकालको दुखद कथा सार्वजनिक गरेकी छन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्- म आफ्नो व्यथा भनेर चर्चा बटुल्न चाहन्नँ तर त्यो मेरो जीवनको तितोसत्य हो र मैले त्यसलाई लामो समय झेलेकी छु ।

अनुष्का शंकर
महान् सितारवादक पण्डित रवि शंकरकी छोरी तथा सितार वादक अनुष्का शंकरले महिलाहरुका लागि आयोजित एक समारोहमा बाल्यकालमा उनी पनि यौन उत्पीडनक‍ो सिकार भएको बताएकी थिइन् । अनुष्काका अनुसार उनीसँग दुव्यवहार गर्ने व्यक्ति उनकै परिवारको निकटस्थ थिए ।

पामेला एन्डरसन
बेवाच तथ प्लेब्वाईजस्ता हिट सिरियलकी अभिनेत्री पामेला एन्डरसनको बाल्यकाल पनि दुखद थियो । पामेलाका अनुसार ६ देखि १० वर्षको उमेरसम्म उनलाई उनकै रेखदेख गर्न राखिएको मानिसले यौन दुर्व्यवहार गरिरह्यो । उनी १२ वर्षकै छँदा उनकी एक साथीको दाजुले उनको बलात्कार गरेका थिए ।

सोफिया हयात
भारतको बिग बोस सिजन-७ मा समेत सहभागी भएकी ब्रिटेनकी सोफिया हयातक‍ो १० वर्षकै उमेरमा एक नातेदारले यौन शोषण गरेको थियो ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया